जसपा नेपालको धनुषा जिल्ला अध्यक्षमा पुनः पशुपति

२०८२ वैशाख २९ सोमवार
सारांश
  • शनिबारदेखि सुरु भएको प्रथम जिल्ला अधिवेशनबाट नयाँ नेतृत्वको लागि आइतवार सम्पन्न मतदान प्रक्रियाबाट पशुपति यादव जिल्ला अध्यक्षमा दोहरिएका छन् ।

जनकपुर : जनता समाजवादी पार्टी नेपाल धनुषाको अध्यक्षमा पशुपति यादव पुनः दोहरिएका छन् ।


शनिबारदेखि सुरु भएको प्रथम जिल्ला अधिवेशनबाट नयाँ नेतृत्वको लागि आइतवार सम्पन्न मतदान प्रक्रियाबाट पशुपति यादव जिल्ला अध्यक्षमा दोहरिएका छन् ।


निकट प्रतिद्वन्दी सत्रुधन यादवलाई ४ मतले हराउँदै उनी विजयी भएका हुन् । पशुपति यादवले १६८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी शत्रुधन यादवले १६४ मत प्राप्त गरेका थिए ।


त्यस्तै उपाध्यक्षमा शहिनगर नगरपालिकाका मेयर दिनेश प्रसाद यादव र ललित मण्डल विजयी भएका छन ।


त्यसै गरि सचिवमा रामनारायण कापडी विजयी भएका छन भने उपसचिवमा राम विहारी यादव र शशिचन्द्र यादव विजयी भएका छन भने ।


त्यसैगरि कोषाध्यक्ष पदमा सुजिता यादव विजयी भएका छन ।


यता मुस्लिम सदस्यमा रहमत राइन, आमिन खान र नइम शेष विजयी भएका छन ।महिला र जनजाति सदस्य यस अघिनै निर्विरोध निर्वाचित भइ सकेका छन भने खुल्ला सदस्यको मतगणना जारी रहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार